‘वैकल्पिक सरकारको सम्भावना थिएन, विग्रहमात्रै ल्याउन खोजेपछि विघटन गरें’ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकारको कतै पनि सम्भावना नभएको बताएका छन् । आज आफू नेतृत्वको सरकार तीन वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै ओलीले वैकल्पिक सरकारको सम्भावना नभएको अवस्थामा बेठिक र अस्वस्थ्य ढंगले हिँड्नु विग्रहको बाटोमात्रै भएको बताए । यस्तो अवस्थामा राजनीतिक स्थिरता कायम गर्नकै लागि आफूले प्रतिनिधिसभा विघटन गरेको उनले बताएका छन् । विघटनको बाटो नगएको भए अस्थिरता निम्तिने तर्क गर्दै प्रधानमन्त्री ओलीले भने, ‘विघटनको बाटो नगएर अरु अस्वस्थ गतिविधिको बाटो जाने हो भने एकीकृत पार्टी रहन्थेन, कसैको बहुमत हुन्थेन र अस्थिरतातिर देश जाने सम्भावनाहरु स्पष्ट रुपमा देखा परे।’ यो अवस्थामा फेरि अर्को ८ महिनामा सरकार बदलिने खेल सुरु हुने सम्भावना भएको ओलीले बताए। ‘त्यसबाट देशलाई जोगाउनु आवश्यक र जरुरी थियो । त्यसैले प्रतिनिधिसभाको बाँकी कार्यकालाई राजनीतिक अस्थिरताको बाटो बन्न दिने की अर्को विकल्पमा जाने ?’, प्रधानमन्त्ती ओलीले भने,‘राजनीतिकलाई की अस्वस्थ खेलमा जान दिन मन्जुरी गर्नुपथ्यो । की उपलब्धीलाई रक्षा गर्दै स्थायित्वको बाटोमा जाने भन्ने थियो ।’ अध्यारा कुनामा हुने षडयन्त्र र केही व्यक्तिको साँठगाँठबाट गलत बाटोमा जान नदिन ताजा जनादेशबाट देशलाई अगाडि बढाउने बाटो रोजेको उनको तर्क छ। यसपटक पनि ओलीले बहुमतको सरकार हुँदा हुँदै पनि आफूलाई काम गर्न नदिएको र राजनीतिक स्थायित्वलाई अघि बढाउनकै लागि प्रतिनिधिसभा विघटन गरेको भेर दोहो-याएका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया