NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

निर्वाचन प्रतिगमन होइन, म सुल्टो बाटोमा नै छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषणालाई प्रतिगमन भनेकोप्रति आपत्ति जनाएका छन् । सरकार गठनको तीन वर्ष पुगेकै दिन सिंहदरबारमा नयाँ प्रधानमन्त्री कार्यालयको संचालन गर्दै प्रधानमन्त्री ओलीले विघटनलाई संविधान विपरीत र प्रतिगमन भनेकोप्रति आपत्ति जनाएका हुन् । ‘विघटनलाई संविधान विपरीत, जनादेशको अवेहलना र प्रतिगमन जस्ता आपत्तिजनक आरोप लगाएको मैंले सुनेको छ । मलाई उदेक लाग्छ । के साथीहरु वास्तवमै बहस गर्दै हुनुहुुन्छ की लाञ्छना लगाइरहनुभएको छ ? के निर्वाचन प्रतिगमन हो ? निर्वाचनले बहुदलीय प्रणाली समाप्त हुन्छ ?’ ओलीले जिकिर गर्दै भने, ‘जनादेशका लागि जाने प्रतिगमन हुन्छ भने डेढ दुई वर्षपछि चुनाव आउँछ त्यो पनि प्रतिगमन हो ? निर्वाचनलाई प्रतिगमन भन्नुभएको हो ? संविधानले कोरेको प्रणालीको सीमाभन्दा बाहिर गएका छौं ? त्यसभन्दा पछि हटेका हौं ?’ प्रधानमन्त्री ओलीको संविधानका मूल्य मान्यताभन्दा आफू अलग नभएको पनि जिकिर थियो । ‘संविधानको मूल्य र मान्यताभन्दा अलग बाटोमा हिँडेका छौं ? अब मैंले चुनाव गराउन्न सधैं शासनमा बसिरहन्छु भनेको छु ? वैशाख १७ र २७ मा चुनावको तयारी अघि बढेको छ’ ओलीले भने,‘तर, उहाँहरु राजनीतिक गर्नुहुन्छ हुन्छ ? की ज्योतिषशास्त्र पल्टाउनुहुन्छ । कस्तो भविष्यवाणी हो ? हामी उल्टो बाटोमा फर्किएका छैनौं । संविधानको कार्यान्वयन, प्रणालीको रक्षा र सुदृढीकरणको बाटो हाम्रो प्रतिवद्धता हो । जनताको आदेशमा अघि बढ्नु प्रतिगमन होइन ।’ बरु लोकतन्त्रलाई अनुचित बाटोतिर लगाउन खोजिएपछि जनताले नै रोक्ने भन्दै चुनाव घोषणा भएको उनको भनाई छ । ‘जनताभन्दा माथि कोही छैन । जनताको बीचमा जान्छु, जाने घोषणा कसरी प्रतिगमन ? जनताको बीचमा जाने कसरी प्रतिगमन हुन्छ ?’ ओलीले भने, ‘जनमतबाट जुन प्रतिवद्धता प्राप्त गरौंला भन्ने थियो त्यसमालाई व्यवधान खडा गरे । यो राजनीतिक प्रश्न हो । राजनीतिक प्रश्नको निरुपण सार्वभौमिकता सम्पन्न जनता भएकोले जनताको बीचमा जानुपर्छ ।’ अघिल्लो जनादेश उपयुक्त भए पनि पात्र सही नभएको उनको भनाई छ । ‘जनादेश उपयुक्त थियो तर, जनादेशबाट आएका पात्र सही भएनन् । त्यसैले नर्वाचनमा नर्वाचनमा फेरि जानुपरेको छ । संविधानको रक्षा, सुदुढीकरण, व्यवहारिक रक्षा गर्दै प्रणालीमा क्रमिक सुधार नै हो लक्ष्य हो ।’

ताजा अपडेट

नेपालवाच विशेष