सर्वोच्चमा चार पूर्व प्रधानन्यायाधीश झन् आक्रामक- विवेक प्रयोग गर्दा नियन्त्रण गरे सहँदैनौं [ लिखित जवाफसहित]

काठमाडौं । चार पूर्व प्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । चार पूर्व प्रधानन्यायाधीशहरुले अदालतको अवहेना गरेको मुद्दामा उनीहरुले आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् । सोमबार पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्च अदालत पुगेका थिए । अवहेलना मुद्दामा १५ माघमा मनोज शर्माको इजलासले ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएपछि उनीहरु अदालत पुगेका हुन् । उनीहरुले जवाफमा संविधान मिचिन खोज्दा विवेकको प्रयोग गरेको बताएका छन् । ‘आफ्नो चेतना र विवेकले देखेको कुरा संविधान र कानूनको अधिनमा रहेर अभिव्यक्ति स्वतन्त्रको उपयोग गर्दा त्यसलाई नियन्त्रित गर्ने चक्रव्यूह कहीँ कतैबाट रचिएछ भने पनि त्यसलाई सहन सक्दैनौं ।’ उनीहरु आफ्नो भनाईमा मात्र अडिग छैनन् गलत प्रवृत्ति र अभ्यासलाई नसहने चेतावनी पनि दिएका छन् । ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि उनीहरुले २४ पुसमा प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरेर प्रतिनिधिसभा विघटन गरेको बताएका थिए । ‘स्पष्ट रूपमा संविधानले अधिकार दिएकामा बाहेक प्रतिनिधिसभा विघटन गर्ने अधिकार आफूमा अन्तर्निहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने देखिँदैन ।’ उनीहरुले विज्ञप्तिमा भनेका थिए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया