NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

सर्वोच्च अदालत प्रधानमन्त्री ओलीको धम्कीसँग नडराओस् : थापा

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको धम्कीसँग सर्वोच्च अदालत डराउन नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधसभालाई चितवनमा सम्बोधन गर्दै थापाले अदालत ओलीको धम्कीसँग डराउन नहुने बताएका हुन् । ‘प्रधानमन्त्रीको धम्कीसँग अदालत डराउनुहुन्न । अदालतले कुन दलले कहाँ कत्रो सभा निकाले भनेर पनि नहेरोस्’ थापाले भने, ‘अदालतले संविधानको धारा हेरोस् । त्यसै अनुसार फैसला गरोस् ।’ प्रतिनिधिसभा विघटनपछि सबै दललहरुले संविधान पल्टाएर विरोध गरेको भन्दै उनले अदालतले पनि सविधान पल्टाएर फैसला गर्नुपर्ने बताए । ओलीले राष्ट्रपतिलाई मिलाए जस्तो अदालतलाई मिलाउन नसक्ने पनि थापाले बताए । झण्डै दुई तिहाई मत पाएर पनि नेकपाले कोभिडपछिको दयनीय अवस्थामा जनताको जनजिविकालाई झन् बढी दयनीय बनाएको आरोप लगाएका हुन् । कोभिडको महामारीका बेला ९ महिना सिंहदबार नछिरेका ओली नयाँ सोफा राखिएपछि बल्ल सिंहरदबार छिरेर तमाशा देखाएको उनको आरोप थियो । अरुले काम गर्न साथ दिएनन् भन्ने ओलीले एक्लै शासन चलाउन पाउँदा ४० वर्ष मुनिका महिलाहरुलाई दोस्रो दर्जाको नागरिक मानेको, सामाजिक संजालमा लेखेको भरमा जेलमा कोच्ने प्रावधान ल्याउन लागेको भन्दै थापाले आपत्ति जनाए ।

ताजा अपडेट

नेपालवाच विशेष