शुरु भयो दिक्तेल–काठमाडौँ पर्यटक बस सेवा

देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल–काठमाडौँ सिधा पर्यटक बस सेवा शुरु गरेकाे छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सो बस सेवाले दैनिक दिक्तेलबाट एक र काठमाडौँबाट एउटा पर्यटक बस शुरु गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले पर्यटक बस सेवा उद्घाटन गरे । नेपालका मुख्य शहरहरुमा ३० वर्षदेखि सुविधा सम्पन्न पर्यटक बस सञ्चालन गर्दै आएकाे सो संस्थाले दशौँ गन्तव्यअन्तर्गत दिक्तेल–हलेसी–काठमाडौँ पर्यटक बस सञ्चालन शुरु गरिएको बस सेवाका अध्यक्ष एवम् नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा) का पूर्व अध्यक्ष सिएन पाण्डेले बताए । सो बसमा एयर कण्डिसन, आरामदायी सिट, यात्रु बिमा, पर्यटकको सेवा दिने तालीम प्राप्त जनशक्ति रहेका छन् । प्रतिव्यक्ति रु एक हजार ५०० भाडा निर्धारण गरिएको बसको टिकट अनलाइनबाट समेत लिन सकिने व्यवस्था मिलाइएको छ । यसअघि सुपर खोटाङ–भोजपुर यातायात प्रालिले दिक्तेल–काठमाडौँ माइक्रो भ्यान सेवा शुरु गरेको थियो । रासस
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया