स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति, एक बर्षमा थपियो ३८.४ प्रतिशत श्यया

काठमाडौ । कोभिड–१९ नियन्त्रणका क्रममा सरकारले स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति गरेको छ । एक बर्षमा अस्पताल र स्वास्थ्य चौकीमा ३८.४ प्रतिशत श्यया वृद्धि भएको हो । ती बर्षमा अस्पताल र स्वास्थ्य चौकीमा दुई हजार ४९२ श्यया थप गरिएको विवरण तीन वर्षमा गरेको उपलब्धि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध छ हजार ४९० श्ययामा थप दुई हजार ४९२ थप गरी आठ हजार ९८२ पुर्याइएको छ । प्रगति विवरणमा यस वर्ष मात्र ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको लागि एकैपटक शिलान्यास गरिएको छ । आगामी दुई वर्षभित्र सम्पन्न हुने स्थानीयस्तरका यी अस्पतालमा थप आठ हजार श्यया थपिने छ । सरकारले स्थानीय तह हेरी पाँच, १० र १५ श्यया निर्माण कार्य थालिएको हो । अर्को वर्ष थप २०४ स्थानीयस्तरका अस्पतालको निर्माण शुरू गरिने प्रधानमन्त्री ओलीले बताएका छन् । यस्तै सघन उपचार कक्ष ४०० श्यया, भेन्टिलेटरसहितको श्यया चीन र उच्च निर्भरताका लागि दुई हजार श्यया थपिएको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया