आकर्षक निशान म्यागनाईट नेपालमा लन्च हुँदै

काठमाडौं । नेपालमा निशान गाडीका अधिकारिक वितरक तथा बजार व्यवथापक कम्पनी पायोनियर मोटो कर्पले फाल्गुन १० गते निशानको नयाँ एसयुभी गाडी निशान म्यागनाईटको मूल्य सार्वजनिक गर्ने भएको छ। नयाँम्यागनाईट गाडी देशभरका सोरुमहरुमा उपलब्ध गराईने हुदाँ ग्राहकहरुले एसयुभी गाडीको अनुभूति लिन पाउने कम्पनीले जनाएको छ । पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक संदीप कुमार शारदाले नयाँ निशान म्याग्नाइटको लन्च निशान गाडीको नेपाल बजार र आफ्ना मूल्यवान ग्राहकहरु गरेको प्रतिवद्धताको प्रतीक भएको बताए । बिग, बोल्ड, आकर्षक र विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समय देखि प्रतिक्षारत ग्राहकहरुका लागि अन्य थुप्रै अफरहरुका साथ आउने उनले बताए । निशानले आफ्नो उत्पादकत्वको विकास गर्दै एसयूभीलाई विश्वभरी नै सुरुवात गरेको छ । त्यस्तोमा पहिलो अन्तराष्ट्रिय बजार नेपाल भएको कम्पनीले जनाएको छ । २०२० एक महत्वपूर्ण वर्षको रूपमा लिइएको भन्दै कम्पनीले भारतको बजारमा प्राप्तप्रतिक्रिया र सफलतालाई नेपाली बजारमा पनि दोहोर्याउने निशानको उद्देश्य तथा चाहनारहेको बताएको छ । “नयाँ निशान म्याग्नाइट निशान नेक्स्ट रणनितिको लागि महत्त्वपूर्ण हुनेछ। निशान मोटरइंडियाका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार नयाँनिशान म्याग्नाइट विश्व बजारको लागि भारतमा निर्मित गाडि हो’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बजारलाई सधैं उच्च प्राथमिकतामा राखेका छौं, हाम्रो लागि नयाँ निशान म्याग्नाइट पहिलो उत्पादन हो जुन निशानको नेपालको बजार बृद्दिको लागि दिगो साझेदार हुने छ। यो भारत पछि निशान म्याग्नाइट लन्च गरिएको पहिलो अन्तर्राष्ट्रिय बजार हो।’
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया