डोजर लगाएर हटाइयो खुलामञ्च अतिक्रमण गरी बनाइएका संरचना [भिडियाे रिपाेर्ट]

https://youtu.be/pU4oWowfFcY काठमाडौँ – काठमाडौँ महानगरपालिकाले खुलामञ्च भित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेको छ । खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुननिर्माण गर्न निर्माण सामग्रीहरू राखिएको थियो । त्यहाँ काम गर्ने केही कामदारहरू पनि अस्थायी रुपमा बस्दै आएका थिए। दुवै भवन निर्माण सम्पन्न भएपनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएको थिएन। काठमाडौँ महानगरले खुलामञ्च भित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो। आज (बुधबार) बिहानबाट भने महानगरले डोजर लगाएर खुलामञ्चभित्र रहेका घर टहराका साथै सबै संरचना भत्काउन थालेको छ। भत्काउने टोलीको संयोजन गरिरहेका काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्याल ३ दिन भित्र खुलामञ्च खाली गरिने बताउँछन्। खुलामञ्च भित्र अहिले वीर अस्पताल बनाइरहेको चिनियाँ निर्माण कम्पनीको साइट कार्यालय र बसपार्क रहेको छ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया