मानव अधिकार हनन् काे मुद्धामा मानव अधिकार आयोगका दुई कर्मचारी पक्राउ

काठमाडौं । नागरिकको मानव अधिकारको संरक्षण गर्ने जिम्मेवारी रहेको राष्ट्रिय मानव अधिकार आयोगकै कर्मचारी मानव अधिकार हनन गरी कुटपिटको अपराधमा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मंगलबार बेलुका लालबहादुर लामा र प्रदीप सुवेदीलाई पक्राउ गरेको हो । उनीहरू दुवै जना केन्द्रीय कार्यालयमा कार्यरत थिए । व्यक्तिगत विवादमा उनीहरुले धापासी निवासी शिशिर खत्रीको परिवारमाथि कुटपिट गरेका थिए । ६ जनाको समूह गएर त्यसरी कुटपिट भएको थियो । जसमा एक जनाको औंला समेत भाँचिएको छ ।प्रहरीले ६ जनालाई पक्राउ गरेकोमा विष्णु परियार, प्रदीप सुवेदी र शोभा परियारविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ । प्रहरीका अनुसार विष्णु परियारको प्रेम सम्बन्धको विषयमा विवाद भएको थियो । केही दिनअघि ललितपुर प्रहरीमा मिलापत्र समेत भएको थियो । त्यसपछि पनि उनीहरु ६ जना मिलेर युवकलाई कुट्न धापासी गएका थिए । पीडितले ज्यान मार्ने उद्योग मुद्दामा कारबाही माग गरेकोमा प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाएको छ । मानव अधिकार आयोगकै कर्मचारी कुटपिटमा पक्राउ परेपछि यसले आयोगकै छवीमा समेत धक्का लागेको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया