उपचारका लागि आज दिल्ली जाँदै पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आइतबार उपचारका लागि भारत जान लागेका छन्। उनी नेपाल वायुसेवा निगमको जहाजबाट भारतको राजधानी नयाँदिल्ली जान लागेका हुन्।भट्टराईको सचिवालयका अनुसारउनको उपचार दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ। पेटमा समस्या देखिएपछि भट्टराईको यसअघि काठमाडौंको निदान अस्पतालमा उपचार भएको थियो। भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकहरूको छ। चिकित्सकहरूकै सल्लाहमा स्वास्थ्य उपचारका लागि भट्टराई भारत जान लागेका छन्। भट्टराईसँगै उनकी श्रीमती हिसिया यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली जान लागेका हुन्।
प्रतिक्रिया