नेकपाको विवादको निर्णयबारे बुझ्न प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाँदै

काठमाडौं । अनौपचारिक रुपमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूह बुधबार फेरि निर्वाचन आयोग जान लागेको छ । पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोग जाने तयारी गरिरहेको पार्टीका एक केन्द्रीय सदस्यले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको आधिकारिताबारे विवाद चर्किएको छ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन बदर भएर संसद पुर्नस्थापना भएपनि नेकपाको विवाद भने टुंगिएको छैन् । पार्टीको विवादबारे कुनै पनि औपचारिक निर्णय निर्वाचन आयोगबाट नआएपछि प्रचण्ड–नेपाल समूह बुधबार फेरि आयोग जान लागेको हो । प्रचण्ड–नेपाल समूहले बुधबार केन्द्रीय सदस्यहरुको हस्ताक्षरसँगै नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको थियो । संकलित कागजातहरु लिएर प्रचण्ड नेपाल समूह आयोग जान लागेको हो ।
ताजा अपडेट
-
अमेरिकासँग व्यापार वार्ताका लागि युरोपेली युनियन तयार
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
प्रतिक्रिया