९९ वर्षीय बेलायती राजकुमार फिलिपको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् । बेलायती महामारी एलिजावेथ द्वितीयका श्रीमान् ९९ वर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्वन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार भएकाले उनले सहज महसुस गर्दै आएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ । उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो । झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उनलाई अर्को अस्पताल लैजानु परेको अधिकारीहरुको भनाइ छ । लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो । त्यहाँ लगेको केही दिनमै उनको स्वास्थ्यमा सुधार आएको दरबारले नै जनाएको छ । राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्वितीय भने अहिले ९४ वर्ष पुगेकी छन् ।
ताजा अपडेट
-
अमेरिकासँग व्यापार वार्ताका लागि युरोपेली युनियन तयार
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
प्रतिक्रिया