मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड

तेजाव आक्रमणका घटना अन्त्य अभियानमा होमिएकी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कारऽ २०२१ प्राप्त गर्ने भएकी छन्। सन् २०१९ मा तेजाव आक्रमणमा समेत परेकी खातुनलाई अमेरिकी दूतावासले यो पुरस्कार प्रदान गर्ने भएको हो। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको दूतावासले जानकारी दिएको छ। यसअघि उक्त पुरस्कार पाकिस्तानमा महिला तथा किशोरीका लागि वकालत गर्ने मलाला युसुफजईले पाएकी थिइन्।
प्रतिक्रिया