हिरासत मुक्त भए विप्लव नेतृत्वका सचिवालय सदस्य बाँस्तोला

काठमाडौं । सरकारले प्रतिबन्ध फुकाएसँगै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले उनलाई केही समयअघि हिरासत मुक्त गरिएको बताएको छ । बाँस्तोलालाई आगजनी तथा संगठित अपराधको मुद्दामा हिरासतमा राखिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेले सरकारसँग विप्लवले हिंसा छाड्ने सहमति भएपछि उनलाई हिरासत मुक्त गरिएको हो । प्रहरी कार्यालयका अनुसार उनलाई श्रीमतीको जिम्मामा छाडिएको छ ।
ताजा अपडेट
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
प्रतिक्रिया