काठमाडौंसहितका क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ। काठमाडौंमा पछिल्लो पटक हरेक दिनजसो साँझपख वर्षा भइरहेकामा मंगलबार गण्डकी, बागमती र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन, चट्टयाङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको हो। मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। मंगलबार दिउँसो गण्डकी, बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने र अपरान्ह पश्चात गण्डकी, बागमती र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। मंगलबार राति प्रदेश १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघ गर्जन, चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना छ।
प्रतिक्रिया