कोलकाताकाे १३ तले भवनमा आगलागी, ९ जनाकाे मृत्यु

भारतको पश्चिम बंगाल राज्यको कोलकातामा रहेको एउटा १३ तले भवनमा आगलागी भएको छ। इस्टर्न रेलवेजको कार्यालय रहेको न्यू कोयलाघाट बिल्डिङको १३ औं तलामा सोमबार साँझ आगलागी भएको हो। आगलागीमा परी ९ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन्।बाँकी दुई जनाको पहिचान खुल्न सकेको छैन। आगलागीका कारण कोलकाता पेसेन्जर रिजर्वेशन सर्भिस (पीआरएस) का सर्बर ठप्प भएको छ । सर्वर डाउन हुँदा पूर्वी भारतमा कप्यूटराइज टिकट बुकिङ प्रभावित भएको छ।
प्रतिक्रिया