कस्तो छ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले बुधबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको आँकलन गरेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले दिउँसो पश्चात देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्टयाङसहित वर्षा हुनसक्ने छ। बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागको एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
प्रतिक्रिया