आज प्रतिनिधिसभा बैठक, यी हुन् सम्भावित कार्यसूची

पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक बुधबार दिउँसो बस्दैछ। सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय बदर गरिदिएपछि २३ फागुनमा पहिलो बैठक बसेको थियो। तर, तत्कालीन नेकपा (प्रचण्ड-नेपाल समूह) को बहिस्कार तथा नेपाली कांग्रेसको अवरोधपछि बैठक केही छिनमै स्थगित भएको थियो। बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। यो अवस्थामा एमाले र माओवादी केन्द्र व्यूतिसकेका छन्, यद्यपि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन।
प्रतिक्रिया