निस्क्रिय, सक्रिय र अति सक्रिय कर्मचारीतन्त्र

गोपीनाथ मैनाली समकालीन समाजमा कर्मचारीतन्त्रका विषयमा तीन प्रकारका अवधारणा उछालिएका छन्, जसमा सत्यको अंश पनि छ । पहिलो अवधारणा अनुसार कर्मचारीहरु कार्यविधिमा रमाउँछन् तर अकमण्र्य हुन्छन् । दोस्रो अवधारणा अनुसार कर्मचारीहरु आफ्ना बारेमा मात्र सोच्छन्, सुविधामा रमाउँछन्, काममा लजाउँछन् । तेस्रो अवधारणा अनुसार कर्मचारीहरु व्यवस्थापनका आधारभूत मूल्य, आदर्श र निष्ठाबाट अघि बढ्छन् । उनीहरुका लागि सुविधा, बृत्ति र अवसरहहरु गौण (द्वीतियक) हुन्, कार्यनिष्ठा नै उनीहरुको जीवन हो । पहिलो अवधारणाले निस्क्रिय कर्मचारीतन्त्र, दोस्रोले जागिरे कर्मचारीतन्त्र र तेस्रोबाट सक्रिय कर्मचारीतन्त्रको विकास गराएको छ । वेवरले कल्पना गरेको आदर्श कर्मचारीतन्त्रबाट मात्र विकास, विविधता र लोकतन्त्रलाई संस्थागत संस्थागत गर्न सकिन्छ । सक्रिय कर्मचारीतन्त्र त्यसको द्योतक हो, अतिसक्रिय वा निस्क्रिय कर्मचारीतन्त्रबाट त्यो आशा गर्न सकिन्न । असल कर्मचारीतन्त्र र उसले अवलम्वन गर्ने कर्मचारीतन्त्रीय पद्धति नै लोकतन्त्र वितरणको मियो हो । कर्मचारीतन्त्रका पिता म्याक्स वेवरले कर्मचारीतन्त्रलाई आदर्श संस्था र विवेकशील पात्रको रुपमा चित्रण गरिए पनि आधुनिक समाजमा यसलाई त्यसरी हेरिँदैन । यसमाथि भएका आलोचना र उसका स्वभावगत विसङ्गतिका कारण यो संस्था आलोचित हुँदै आएको छ । माक्र्सवादी दर्शनले यसलाई बुर्जुवा वर्गको सहयोगी मान्छ । लेनिनले यसलाई राज्यशक्तिको एकाधिकार उपयोग गर्ने वर्गका रुपमा चित्रण गरे भने एकजना अमेरिकी सांसदले यसलाई अकर्मण्य, अल्छी र प्रतिक्रियाविहीन संयन्त्रका रुपमा चित्रण गर्न पुगे । कतिपय नागरिक समाजका अगुवाहरु यसलाई स्वयम्सेवी (मनमौजी) संस्थाका रुपमा चित्रण गर्दछन् । यस्ता आलोचना र आक्रमणबाट यो संस्था हतप्रभ र हीनमनोविज्ञानमा पनि देखिएको छ । तर वास्तविकता त्यसो होइन, व्यवस्थित समाज व्यवस्थामा यो कर्म, समर्पण र निष्ठाको धरोहर हो । यो राज्य प्रणालीको विकल्पविहीन र एकमात्र जीवन्त संयन्त्र हो, जसको उत्साह र क्रियाशीलतामा राज्यप्रणाली चलायमान हुन्छ, विकास र परिवर्तन संस्थागत हुन्छन् । अमेरिकी पूर्वराष्ट्रपति विड्रो विल्सनका अर्थमा यो क्रियाशील संविधान हो, राज्यको चौथो अंग पनि हो । ब्राजिलका राज्यसुधार मन्त्री लुइस कार्लोस पेरेइराले यसलाई यतिसम्म प्रशंसा गरे कि यो अनिर्वाचित प्रतिनिधि हो, जो राजनीतिकर्मी (पार्टीका प्रतिनिधि) जस्तो ‘पार्ट’ को प्रतिनिधित्वमा रहँदैन, ‘होल’ को प्रतिनिधित्वमा रहन्छ । राष्ट्र नै उसको कार्यक्षेत्र हो र राष्ट्रनिर्माण उसको साध्य हो । यसर्थ भन्न सकिन्छ आलोचना सार्वजनिक प्रशासनका पात्रको स्वभाव, शैली र कमजोरीको कारण हो, प्रणालीगत रुपमा न यसको विकल्प छ न यो गतिशील नभै रहन हुन्छ । कर्मचारीतन्त्रीय पद्धतिमा उचित प्रक्रियालाई औधी महत्व दिइन्छ । यो व्यवस्थित, व्यावसायिक र विवेकशील हुन्छ । राजनैतिक रुपमा मूल्यतटस्थता यसको आभ्यान्तरिक गुण हो । सांगठनिक स्थायीत्व र गतिशीलता यसको चरित्र हो । सरकार र नागरिकबीचको सम्बन्ध सूत्र भएकाले राज्यप्रक्रियालाई वैधता पनि यसैले दिएको हुन्छ । यो स्थायी सरकारका रुपमा परिरिचत छ । काम नै यसको नाम र पहिचान हो । यसलाई कार्यनिष्ठाबाट विषयान्तर हुने छुट छैन । आफैभित्र नियन्त्रण र सन्तुलनको प्रक्रिया व्यवस्थित गर्दछ । यसले शक्ति साधनको प्रयोग र जवाफदेहीताबीचको सन्तुलन कायम गर्दछ । राजनीतिक प्रणालीका अभिष्टलाई संस्थागत गर्छ र सामाजिक संकेत खुट्याउँछ, ताकि राष्ट्रिय विकास सम्भव होस् । यो सक्रिय कर्मचारीतन्त्रको विशेषता हो । त्यसैले कर्मचारीतन्त्र संयन्त्रात्मक मात्र होइन, स्वयम्प्रेरित प्रक्रिया पनि हो । जसले सर्वसाधारणका चाहना, सामाजिक सङ्केत वा परिवर्तनका लागि आफ्नो अनुभव र जिम्मेवारीलाई प्रयोग गर्दछ । यस अवस्थामा कमचारीतन्त्र संस्थागत अभियान्ता (आन्तरिक अभियान्ता) पनि हो । राष्ट्रिय हित र सामाजिक प्रगतिका लागि सक्रिय कर्मचारीतन्त्र खास सवालमा संस्थाको सीमा र परिधिभन्दा माथि उठेर परिवर्तनको पक्ष वा विपक्षमा विभिन्न प्रकारका विचार, जुक्ति र उपायको प्रयोग गर्ने रणनीति पनि लिन्छ । जसका कारण यदाकदा जोखिमका पहाडहरु पनि उससामू ठडिन पुग्छन् । टिली र पिएर्सनका शव्दमा सक्रिय कर्मचारीतन्त्र संस्थाभित्रका नागरिक अभियान्ता पनि हुन्, जसले संस्थागत स्रोतको परिचालनबाट नीति निर्णयलाई शक्ति (इनपुट) दिई सङ्गठन र राष्ट्रलाई हुने क्षतिबाट सावधानीपूर्वक बचाउँछ । कर्मचारीतन्त्रीय सक्रियताका दुई रणनीति छन्, पहिलो प्रत्यक्ष रुपमा नै (विशेष सक्रियता) देखाइन्छ । दोस्रो, प्रत्यक्ष रुपमा संलग्न नरही विभिन्न जुक्तिमार्फत विषयका पक्ष वा विपक्षमा सक्रियता देखाइन्छ । जुन रणनीति अवलम्वन गरेपनि सरकार वा सङ्गठनको मूल्य (उद्देश्य) को प्रतिरक्षाका लागि सिर्जनात्मक प्रयास गर्छ, सरकारको हितरक्षा गर्छ, साङ्ठनिक मूल्य प्रवद्र्धनका लागि निरन्तर आविष्कार (सिर्जनात्मक तनाव सिर्जना) को प्रक्रियामा रहन्छ । कर्मचारीतन्त्रभित्र अतिसक्रियतावादी प्रबृत्ति पनि देखिएको छ । अतिसक्रियतावादीहरु कर्मचारीतन्त्रको मूल्यगत आदर्शबाट विषयान्तर भएर बैयक्तिक स्वार्थ, विचार र आग्रहमा सक्रिय बन्दछन्, अनपेक्षित सक्रियता देखाउछन् । प्रशासन र राजनीतिबीच हुर्किने सौदावाजी, स्वार्थ विनिमय, युनियनवाद र नीतिज्ञानको राजनीतिकरण जस्ता कारणले अनपेक्षित सक्रियतालाई बढावा दिइएको छ । अनपेक्षित सक्रियताले निजामती सेवाका मूल्यको स्खलन हुन जान्छ र कर्मचारीतन्त्रीय प्रणाली र सार्वजनिक जीवनका सिद्धान्तहरुबीचको सन्तुलन भत्किन्छ । अतिसक्रियताले कर्मचारीतन्त्रभित्र संस्थात्मक र व्यावहारिक राजनीतिकरण माग खोज्छ र अतिसत्रियतावादीहरु राजनीतिक संरक्षणको ह्याट लगाएर नै निजामती सेवाभित्र क्रियाशील हुन्छन् । यस अवस्थामा सेवाग्राही नागरिकका अपेक्षा र राष्ट्रिय उद्देश्य पातलिन पुग्छ । वेवरले कल्पना गरेको आदर्श कर्मचारीतन्त्रबाट मात्र विकास, विविधता र लोकतन्त्र (डेमोक्रेसी, डाइभर्सिटी, डेभलपमेन्ट) लाई संस्थागत संस्थागत गर्न सकिन्छ । सक्रिय कर्मचारीतन्त्र त्यसको द्योतक हो, अतिसक्रिय वा निस्क्रिय कर्मचारीतन्त्रबाट त्यो आशा गर्न सकिन्न । असल कर्मचारीतन्त्र र उसले अवलम्वन गर्ने कर्मचारीतन्त्रीय पद्धति नै लोकतन्त्र वितरणको मियो हो । संक्षेपमा कर्मचारीतन्त्रका कार्यभूमिकालाई चार भागमा राखेर उल्लेख गर्न सकिन्छ । पहिलो, यो राज्य सञ्चालनको संयन्त्रको रूपमा भूमिका निर्वाह गर्दछ, जसका लागि शान्ति व्यवस्था कायम, जीवन, सम्पत्ति र स्वाभिमानको सुरक्षा, सामाजिक द्वन्द्व समाधान, नियमनकारी कार्य, नीति नियम निर्माणमा सहयोग र राजनीतिक समाजको सहयोगीको रुपमा यसले काम गर्दछ । दोस्रो, विकास र परिवर्तनको संयन्त्रका रूपमा सार्वजनिक प्रशासनको भूमिका निर्वाह गर्दछ, जसका लागि जनचाहनालाई कार्यमा बदल्ने काम, स्रोत साधनको परिचालन एवम् प्राथमिकीकरण, विकास आधारशिलाको व्यवस्था, सामाजिक परिवर्तनका लागि उत्प्रेरणा र प्रदर्शनकारी कार्य, परिवर्तनको सर्जक र उत्प्रेरक एवम् राज्यसंरचाना बाहिरका पात्रको संभावना र क्षमता उपयोगको वातावरण निर्माण गर्दछ । आधुनिक राज्य प्रणाली विकास प्रदाताभन्दा पनि प्रवद्र्धक–उत्प्रेरक हो, यसर्थ नागरिक सहकार्य र सशक्तीकरण कर्मचारीतन्त्रको महत्वपूर्ण कार्य हो । तेस्रो, कल्याणकारिताको प्रवद्र्धन र सामाजिक न्याय स्थापना यसको भूमिका हो । यो भूमिका निर्वाहका लागि सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमको निर्माण एवं कार्यान्वयन, नागरिक हकहित प्रवद्र्धनका कार्यक्रम निर्माण र कार्यान्वयन, सामाजिक अवसरको समावेशी÷समन्यायिक वितरण एवम् विशेष व्यवहार चाहिने वर्गमा लक्षित सेवा प्रवाहका कार्य सम्पादन गर्दछ । चौथौ र सा¥है महत्वपूर्ण भूमिका भनेको राष्ट्रियताको रक्षा र राष्ट्रिय एकीकरणको माध्यमका रूपमा कार्यसम्पादन गर्नु हो । यो भूमिका पूरा गर्न कर्मचारीतन्त्रले सामाजिक सङ्केतको संवाहक, अध्ययन एवम् अन्वेषण, विभेद र आग्रहरहित राज्य नीतिको कार्यान्वयन, राज्यका मूल्य र मान्यतालाई संस्थागत गराउने काम, राज्य नीति र मूल्यको निरन्तरता दिने काम, वैचारिक बेमेलमा सन्तुलनकारी कार्य, सांस्कृतिक बहुलताको सम्वद्र्धन, नागरिक–राज्यबीच सम्बन्ध सूत्र र संस्थात्मक सम्झनाको रुपमा काम गर्दछ । राज्य प्रणालीका कार्यहरुबाट नै नागरिक तहमा आफू खास समाजको सदस्य हुनुको गर्ववोध हुन गै राष्ट्रिय भावनाको विकास र सामाजिक एकीकरण सम्भव हुन्छ । समाजमा रहनसक्ने विकृति र विसङ्गति जस्तो कि अहमवोध, जातीयता, आग्रह, अरुलाई घृणा एवम् भेदभाव गर्ने प्रवृत्ति, असहिष्णुता, बैरभाव, असमझदारी, मपाइत्व र रुढीवदालाई सामाजिक सहभाव, सकारात्मकता र सिर्जनाले विस्थापन गरी राष्ट्रिय एकत्वको अनुभूति र साझा पहिचान निर्माण गर्ने कामका लागि राज्यको द¥िहलो पात्र कर्मचारीतन्त्र हो ।राष्ट्रनिर्माण र राष्ट्रिय विकासमा कर्मचारीतन्त्रले स्टील फ्रेमको काम गर्छ । त्यसैले कर्मचारीतन्त्रलाई पलपलको राष्ट्रनिर्माण वा ‘एभ्रीडे गभन्र्मेन्ट’ पनि भन्ने गरिन्छ । समाज व्यवस्था गतिशील छ र यो गतशीलताको प्रवृत्ति दिनप्रतिदिन बेस्सरी बढेको छ, जसले सार्वजनिक प्रशासनलाई अझै गतिशील हुन आन्तरिक माग र बाह्य दवाव सिर्जना गरेको छ । यो प्रवृत्ति अकल्पनीय रुपमा बढ्दै पनि जाने देखिएको छ । डेलेवर विश्वविद्यालयका प्रोफेसर रवर्ट डी डेनहार्टका अनुसार सार्वजनिक प्रणाली र कर्मचारीतन्त्रमाथि परिवत्र्तनको दवाव पाँच कारणले पर्न गएको हो । पहिलो, असाधारण रुपमा विष्फोट भैरहेको नयाँ ज्ञान, प्रविधि र अग्रसरता, दोस्रो, संस्थात्मक पुनसंरचन, तेस्रो, बढ्दो अन्तरआवद्धता र विश्वव्यापीकरणको प्रक्रिया जसले अवसर र अन्तरक्रियाक अवरोधहरु भताभुङ्ग भत्काइदिई नया माध्यम र मार्ग प्रशस्त गरेको छ, चौथो, जनसंख्या र सांस्कृतिक विविधता, पाचौ, परम्परागत विश्वासप्रतिको स्खलन । साथै आन्तरिक रुपमा सेवाग्राहीको नयाँ स्वादको पारखी बन्ने बानी र राजनीतिकर्मीको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको चाहनाले पनि प्रशासनिक भूमिकामाथि चुनौती थपिएको छ । आर्थिक क्रियाकलापका केन्द्रहरु बदलिनु, सार्वजनिक क्षेत्रको खर्च बढ्नु, नयाँ उपभोक्ताहरु नयाँ उपभोग, व्यवहार र स्वादमा रमाउनु, प्रविधि परिवर्तनले जीवन पद्धतिलाई वेस्सरी प्रभाव पार्नु, मानिसको गतिशीलता बढ्नु, सरकार तथा बजारले सामाजिक न्यायको दवाव खेप्नु, प्राकृतिक स्रोतको अत्यधिक दोहनले साझा भविष्यका लागि वातावरण संरक्षणको एकदमै ठूलो दवाव पर्नु, उद्योग प्रतिष्ठानहरुको कार्यवातावरण बदलिनु र सामाजिक सम्बन्ध प्रणाली फेरिदै जानुले सार्वजनिक प्रशासनजस्तो सामाजिक संस्था निरन्तर अग्रसरमुखी नरही आफ्नो भूमिका निर्वाह गर्न सक्दैन । यसका लागि कर्मचारीतन्त्र बहुसीपयुक्त हुनैपर्छ । उत्पदानमुखी हुनैपर्छ । परम्परागत कार्यप्रणाली र कार्यसम्बन्ध परिवर्तन हुनैपर्छ । साङ्गठनिक स्वरुप कर्मचारीतन्त्रीयभन्दा पनि कार्यमुलक बनाइनु पर्दछ । आफ्नो क्षमताको स्वचालित नवीकरणको प्रणालीमा रहनु पर्दछ । क्षमता प्रदर्शन र नतिजाले नै आफूमाथि लागेको आरोपको जवाफ दिनुको विकल्प छैन । त्यसैले भीभी दोन्हाले भने झै मानव सभ्यता यदि विनास भयो भने केवल कर्मचारीतन्त्रको कारणले हुन्छ, त्यसो हुननदिन आन्तरिक क्षमता र सदावहार उत्साह सिर्जना पनि स्वयम् कर्मचारीतन्त्रले नै गर्नसक्छ । मैनाली नेपाल सरकारका सचिव हुन् ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया