ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि, अस्पताल भर्ना
![](/nw-bk/SoftNEP/uploads/posts/https://www.nepalwatch.com/wp-content/uploads/2021/04/CPN-Maoist-Centre-leader-Top-Bahadur-Rayamajhi.jpg)
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहजिल्ला अर्घाखाँचीबाट फर्केलगत्तै उनलाई कोरोना पुष्टि भएको हो । अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । पछि पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको रायमाझीको सचिवालयले जनाएको छ । लक्षण सहितको कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझीलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको छ ।
प्रतिक्रिया