अन्तिम केही सेकेण्ड सम्हालिन नसक्दा मेसीको अर्जेन्टिना विश्वकप छनोटमा फेरि जितविहीन
काठमाडौं । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना फेरि जितविहीन भएको छ । खेल सुरु भएको ८ मिनेटभित्रै २–० अग्रता लिए पनि अन्तिम केही सेकेण्ड सम्हालिन नसक्दा अर्जेन्टिनाले कोलम्बियासँग बराबरी खेलेको हाे । कोलम्बियाको मैदानमा भएको खेलमा अर्जेन्टिनाले क्रिश्चियन रोमेरोको गोलमा खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । ८ औं मिनेटमा लेयान्द्रो परडेसले गोल गर्दा अर्जेन्टिनाले २–० को अग्रता बनाउन सक्यो । पहिलो हाफ यही अग्रतमाा सकिए पनि दोस्रो हाफमा कोलम्बियाले पेनाल्टी पायो । फर्नाण्डो फ्रुटोले ५१ औं मिनेटमा प्राप्त पेनाल्टीमा सहजै गोल गरे । खेल २–१ को अग्रतामा अर्जेन्टिनाले जित्ने छाँट देखिए पनि थप समयको ९४ औं मिनेटमा कोलम्बियाले बराबरी गोल गर्दा खेल २–२ मा टुंगियो । यसरी मेसीको अर्जेन्टिना लगातार दुई खेलमा बराबरी नतिजा आत्मसात गर्न बाध्य भएको हो । यस अघि अर्जेन्टिनाले चिलीसँग पनि एक-एक गोलको बराबरी खेलेको थियो । ६ खेलमा अर्जेन्टिनाले तीनमा जित र तीनमा बराबरी गरी १२ अंक बटुलेको छ । ब्राजिल भने ६ खेलमा ६ वटै खेल जित्दै १८ अंकसहित पहिलो स्थानमा छ । अहिलेसम्म पराजित नभए पनि सुरुवातमै तीन बराबरीले अर्जेन्टिना दबाबमा परेको छ । यद्यपी अंक तालिकामा अर्जेन्टिनाभन्दा पछाडि रहेको इक्वेडरले पनि लगातार दुई खेलमा पराजय भोगेको छ ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया