होटलमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार
काठमाडौं । मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए । होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेपछि उनीहरुले उद्धारको लागि गुहार मागेका हुन् ।
प्रतिक्रिया