NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

अत्यावश्यकबाहेकका काममा विदेश नजानू : विभाग

काठमाडौं । अत्यावश्यक प्रयोजनबाहेक कोरोना भाइरसको संक्रमण जोखिममा रहेका मुलुकको भ्रमणमा नजान अध्यागमन विभागले आग्रह गरेको छ ।   गृहमन्त्रीस्तरीय निर्णयका आधारमा विभागले बुधबार ट्राभल एडभाइजरी जारी गरेको हो ।  ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरूमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरिन्छ,’ ट्राभल एड्भाइजरीमा भनिएको छ ।  कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सरकारले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङ आउन÷जान प्रतिबन्ध लगाएको छ । यी सबै कोरोना भाइरसको चपेटामा परेका मुलुक हुन् ।    

ताजा अपडेट

नेपालवाच विशेष