NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

रेड नोटिस जारी भएका हत्या आरोपी १७ वर्षपछि साउदीबाट पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय  गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याइएको छ । कर्तब्य ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अरेबियामा पक्राउ परेपश्चात सम्बन्धित कसूरमा कारबाही गर्नका लागि प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो ।   मगरले २०६१ मंसिर १३ गते मान बहादुर तामाङको हत्या गरी फरार भएका थिए । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टपोल शाखा मार्फत इन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा पक्राउका लागि गतवर्ष माघ २६ गते रेड नोटिस जारी भएको थियो ।  मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको ईन्टरपोल शाखाले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष