माघ दोस्रो साताबाट ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्ध खोपको तेस्रो डोज

काठमाडौं । सरकारले माघ दोस्रो सातादेखि ज्येष्ठ नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोपको तेस्रो मात्रा दिइने तयारी गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले माघको दोस्रो सातामा ६० वर्ष माथिका नागरिक र त्यसपछि आम नागरिकलाई खोपको तेस्रो मात्रा दिइने जानकारी दिएका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री खतिवडाले तेस्रो डोजबाट ओमिक्रोनको भेरियन्टबाट बच्न सकिने स्वास्थ्यकर्मीको सल्लाहअनुसार तयारी गरिएको बताए । उनले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई अनुरोध गरेका छन् । कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया