NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

आर्थिक प्रलोभनमा दोहोरो नागरिकता बनाइदिने वडाध्यक्ष र सदस्यविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्याङ्जास्थित भिरकोट नगरपालिका वडा नं ९ का अध्यक्ष र सदस्यविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।  आयोगले बिहिबार वडाध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरूङविरूद्ध एक लाख ३५ हजार रूपैयाँ बिगो रकम कायम गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  गुरूङद्वयले दोहोरो नागरिकता बनाइदिन्छु भन्दै सेवाग्राहीसँग १ लाख ३५ हजार रूपैयाँ घुस लिएका थिए । उनीहरूले सेवाग्राहीबाट आर्थिक प्रलोभनमा पारी दोहोरो नागरिकता बनाउन झुट्टा विवरण लिएका थिए । सोही विवरणको आधारमा नागरिकता बनाउनका लागि सिफारिस गरिदिएको पुष्टि भएको थियो ।  उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११(२) बमोजिमको कसुरमा सजायको मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको छ ।   

ताजा अपडेट

नेपालवाच विशेष