NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

बिहीबार कुन प्रदेशमा कति संक्रमित थपिए ? 

काठमाडौं । बिहीबार देशभर ३५ सय ५३ कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार करिब १५ हजार बढी परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।  बिहीबार सबैभन्दा वाग्मति प्रदेशमा कोरोनाका संक्रमित थपिएका छन् । वाग्मतिमा जम्मा २१ सय १४ संक्रमित थपिएका हुन् । ती मध्ये पनि सबैभन्दा धेरै काठमाडौंमा मात्रै १४४९ संक्रमित थपिएका छन् । त्यसपछि ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वाग्मतिपछि गण्डकी प्रदेशमा २१५ संक्रमित थपिएका छन् । गण्डकीको कास्कीमा १३१, नवलपरासी पूर्वमा ३३ र खोटाङमा १४ संक्रमित थपिएका छन् ।  तेस्रोमा भने प्रदेश १ मा धेरै संक्रमित थपिएका छन् । प्रदेश १ मा जम्मा २०६ संक्रमित थपिएका हुन् । प्रदेश १ मा पनि मोरङमा मात्रै १०५, झापामा ४० र सुनसरीमा ३५ संक्रमित थपिएका छन् ।  यस्तै,  लुम्बिनीमा १५५ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । प्रदेश २ मा १४० संक्रमित थपिएका छन्  भने सुदूरपश्चिममा ६३ र कर्णालीमा ३१ संक्रमित थपिएका छन् ।   

ताजा अपडेट

नेपालवाच विशेष