ब्लाइन्ड डेटमा गएकी महिला लकडाउनका कारण पुरुषको घरमै फसेपछि…
एजेन्सी । ब्लाइन्ड डेटमा गएकी एक चिनियाँ महिला आकस्मिक रूपमा लगाइएको कोभिड लकडाउनका एक पुरुषको घरमा फसेकी छिन् । उनकी भेट्न गएकै पुरुषको घरमा फसेकी हुन् । बिबिसीका अनुसार ती महिलाको नाम वाङ हो । वाङले ती पुरुषको घरमा खाना खान गएको बेला लकडाउन भएको गत साता चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा सार्वजनिक गरेकी हुन् । सो समय चिनियाँ नयाँ वर्षभन्दा अघिको हो । उनले आफू ग्वाङ्जोबाट जेङ्ग्जो गएको आफ्नो पोस्टमा उल्लेख गरेकी छिन् । “मेरो उमेर केही ढल्कँदो छ, त्यसैले मेरा आमाबुवाले मेरा लागि १० जनाभन्दा बढी व्यक्तिसँग ब्लाइन्ड डेटको व्यवस्था गरिदिनुभयो, उनले भनेकी छन्, ‘ती मैले भेटेका पाँचौँ व्यक्ति थिए ।’ ती व्यक्तिले आफू पकाउने कलामा कुशल भएको भन्दै वाङलाई घरमा खाना खान बोलाएका थिए । उनीहरू खाना खाँदै थिए । सोही बेला उनीहरूले त्यो ठाउँमा कोरोना भाइरसको सङ्क्रमण बढेका कारण आपत्कालीन लकडाउन घोषणा भएको थाहा पाए । त्यसपछि वाङ त्यहाँबाट केहीदिन बाहिर निस्किन पाइनन् । उनी चार दिनसम्म ती व्यक्तिको घरमा अड्किएकी थिइन् । त्यसपछि ती पुरुषले वाङको हेरचाह गरेका थिए । सो कुरा उनी आफैँले भिडियोमार्फत बताएकी छिन् । तर, उनले आफूलाई सामाजिक कारणले त्यहाँ बस्न कठिन लागेको बताएकी छिन् ।
प्रतिक्रिया