NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

चुनावकाे मुखैमा यूपीमा योगीलाई धक्का, धमाधम दल त्याग्दै प्रभावशाली नेता 

काठमाडौं । उत्तरप्रदेशको विधानसभा चुनावअघि नेताहरूको दल बदल्ने शिलशिला निरन्तर जारी छ । राज्यको सत्तारुण भाजपाका कैयौं नेताले दल बदलेका छन् । अहिलेसम्म भाजपाका ८ असन्तुष्ट नेताले राजीनामा दिइसकेका छन् । अहिलेसम्म भाजपासँग नाता तोड्ने नेताहरूमा ती जना मन्त्री पनि छन् ।  भाजपाबाट राजीनामा दिने नेता  १. स्वामी प्रसाद मौर्य : विधायक पडरौना, कुशीनगर २. दारा सिंह चौहान : विधायक मधुवन, मऊ ३. धर्म सिंह सैनी : विधायक नकुड, सहारनपुर  ४. रोशनलाल वर्मा : विधायक तिलहर, शाहजहांपुर  ५. बृजेश प्रजापति : बान्दा तिन्दवारी, बान्दा  ६. विनय शाक्य : विधायक बिधुना, औरेया  ७. भगवती सागर : विधायक बिल्हौर, कानपुर देहात ८. मुकेश वर्मा : विधायक शिकोहावाद, फिरोजावाद स्वामी प्रसाद मौर्य  ६८ वर्षीय स्वामीप्रसाद मौर्य यूपीको प्रतापगढ जिल्लाका स्थायी वासिन्दा हुन् । करिब तीन दशकदेखी उनी यूपीको राजनीतिमा सक्रिय छन् । मौर्यले दल बदलेको भने पहिलोपटक होइन । यनी यसअघि बसपामा थिए । २०१७ मा मायावतीमा मतभेद भएपछि भाजपामा प्रवेश गरेका थिए ।  दारा सिंह चौहान  दारा सिंह चौहानको गणना पनि दल बदल्ने नेताहरूमध्यकै हुन् । उनले सपाको साथ छाडेर २०१७ मा भाजपाको टिकटमा उम्मेदवारी दिएर मधुबन विधानसभामा चुनाव जितेका थिए । २०१७ को चुनावअघि दारासिंह भाजपामा आवद्ध भइसकेका थिए ।  धर्मसिंह सैनी  सहारनपुरको नकुडबाट विधान सभाको सिटमा चारपटक विधायक भइसकेका छन् डा. धर्मसिंह सैनी । उनले पनि हालै भाजपासँगको नाता तोडेका छन् । उनले अघिल्लो चुनावमा कांग्रेसका इमरान मसूदलाई हराएका थिए । इमरान हालै सपामा प्रवेश गरेका छन् ।  रोशनलाल वर्मा  रोशनलाल वर्माले सन् २०१७ मा बसपा छाडेर भाजपा प्रवेश गरेका थिए । तिलहरबाट वर्माले कांग्रेस र सपाका संयुक्त प्रत्याशी जितिन प्रसादलाई हराएका थिए । कैयौं दिनदेखि भाजपाका नेतासँग मतभेद भइरहेको खबर आइरहेका थिए ।  भगवती सागर  भाजपाबाट राजीनामा दिएका भगवती सागर पनि दल बदल्नमा माहिर छन् । उनी पहिला बसपामा थिए । सन् २०१७ मा उनले भाजपामा रहँदै बसपाका कमलेश दिवाकरलाई विधानसभा चुनावमा हराएका थिए ।  बृजेश प्रजापति  बृजेश कुमार प्रजापतिले पनि भाजपाबाट राजीनामा दिएका छन् । उनी मुख्यरुपमा बान्दाको जारीग्रामामा रहँदै आएका छन् । उनले २०१७ को विधानसभा चुनावमा बसपाका जगदीश प्रसादलाई हराएका थिए ।  विनय शाक्य  विनय शाक्यले पनि नाटकिय ढंगले भाजपासँग आफ्नो नाता तोडेका छन् । औरैया जिल्लाको बिधुना सीटमा भाजपाका विधायक रहेका शाक्यको अपहरण केसले चर्चा पाएको थियो । उक्त खबरपछि प्रहरीले स्पष्टीकरण दिँदै कुनै अपहरण नभएको पुष्टि गरेको थियो ।  डा. मुकेश वर्मा  डा. मुकेश वर्मा पनि दल बदल्नमा माहिर छन् । पछिल्लो विधानसभा चुनावअघि नै उनले भाजपामा आवद्ध भएका थिए । भाजपामा आवद्ध हुनुभन्दा अघि उनी बहुजन समाज पार्टीमा थिए । २०१७ मा उनी बसपा छाडेर भाजपाका तर्फबाट विधायक बने । उनले शिकोहावादबाट विधानसभामा चुनाव लडेका थिए ।  १० फेब्रुअरीमा सात चरणमा चुनाव  उत्तर प्रदेशको ४०३ विधानसभा सिटमा सात चरणमा चुनाव हुने भएको छ । पहिलो चरणमा यूपीमा १० फेब्रुअरीका राज्यका ११ पश्चिमी जिल्लामा ५८ सिटका लागि मतदान हुनेछ । दोस्रो चरणमा १४ फेब्रुअरीमा ५५ सिटका लागि, २० फेब्रुअरीमा ५९ सिट, २३ फेब्रुअरीमा चौथो चरण अन्तर्गत ६० सिटमा निर्वाचन हुनेछ । यस्तै, पाँचौ चरणमा २७ फेब्रुअरीका दिन ६० सिट, तीन मार्चमा छैठौं चरण अन्तर्गत ५७ सिट र अन्तिम तथा सातौ चरण अन्तर्गत ५४ सिटका लागि मतदान हुनेछ । मतगणना भने १० मार्चबाट सुरु हुने बताइएको छ । 

ताजा अपडेट

नेपालवाच विशेष