NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

नेवानीलाई कम उडान दिएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन 

काठमाडौं । कोरोना संक्रमणका बेला विगतमा नेपाल एयरलाइन्सलाई कम उडानको अनुमति दिनुको कारण अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ ।  पर्यटन मन्त्रालयले यस विषयमा छानबिन गर्न समिति गठन गरेको हो । लकडाउनका बेला विदेशबाट यात्रु ल्याउने प्रयोजनार्थ नेवानीलाई जम्मा ६५ वटा मात्र उडान अनुमति दिइएको थियो । तर, निजी लगानीको हिमालय एयरलाइन्सले भने २३१ उडान गरेको थियो ।  नेपाल एयरलाइन्सले निजी क्षेत्रलाई पृष्ठपोषण हुनेगरी अनुमति दिएको गुनासो आएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।  मन्त्रालयका सहसचितव होमप्रसाद लुइँटेलको संयोजकत्वका गठन भएको समितिमा नेपाल नागरिक उडड्यन प्राधिकरणका कार्यबाहक महानिर्देशक प्रेमनाथ ठाकुरसमेत रहेका छन् ।  उक्त समितिलाई १० दिनभित्र अध्ययन गरेर कम उडान अनुमति दिनुका कारणबारे प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । 

ताजा अपडेट

नेपालवाच विशेष