NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

सामान्य झगडाको रिसिइबी साँध्न हत्या, पाँच जना पक्राउ

काठमाडौं । भारतको बिहार जिल्ला वैशाली ग्रामपञ्चायत घर भइ पर्साको वीरगञ्ज महानगरपालिका–३ छप्कैया बस्दै आएका रिक्सा चालक मुख्तार मियाँको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।  रिक्सा चलाउँदै आएका ४५ वर्षीय मियाँको एउटै घरमा बस्ने सपन मण्डलसँग भएको समान्य विवादपछि रिसिइबी साँध्न हत्या गरिएको अनुसन्धानमा खुलेको पर्सा प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरूमा पर्सा छप्कैया बस्ने भारत बिहार पूर्वी चम्पारण मोतीहारीका ३० वर्षीय सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ का २२ वर्षीय निकेश पटेल, पर्सा छप्कैया  बस्ने भारत बिहार मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुरका ५५ वर्षीय सपन मण्डल, छप्कैया बस्ने भारत बिहार घर भएका बक्सर भन्ने ३५ वर्षीय नाजिर हुसैन र छप्कैया बस्ने ५० वर्षीय बाबर हुसैन रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उनीहरूकै आ–आफ्नो घर ठेगानाबाट पक्राउ गरेको हो । प्रदेश–२–०३–००१ ह ६६९ नम्बरको ई–रिक्सा चालक मुख्तार यही पुस २१ गते साँझ आफ्नो रिक्सासहित हराएका थिए ।  प्रहरीले खोजी गर्दा भोलिपल्ट उनको शव वीरगञ्ज महानगरपालिका–२३ इटियाहीस्थित नारायणी बयोधा अस्पतालको पछाडिपट्टि नहरमा फेला परेको थियो ।  अनुसन्धानको क्रममा मृतकको रिक्सा, अभियुक्त सुनीलको १ थान अटो, घटनामा प्रयोग भएको १ थान फलामको रेन्च, अभियुक्तहरूको २ थान मास्क, रगत लागेको अभियुक्तको २ थान सर्ट, रगत लागेको अभियुक्तको १ थान ज्याकेट, रगत लागेको अभियुक्तको १ जोर जुत्ता र सिसीटिभी फुटेजहरू लगायत प्रहरीले बरामद गरेको छ ।  एउटै घरमा बस्दै आएका अभियुक्त सपन मण्डल र मुख्तारबीच झगडा भएको तथा उक्त झगडाको रिसिइबी र आर्थिक प्रलोभनका कारण उनीहरू ५ जना र हाल फरार १ जना भारतीय नागरिकसमेत मिलेर मुख्तारको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

ताजा अपडेट

नेपालवाच विशेष