मेसीले अर्जेन्टिनाका दुई खेल नखेल्ने, युवालाई मौका

काठमाडौं । कप्तान लियोनल मेसीले अर्जेन्टिनाका दुई खेल नखेल्ने लगभग निश्चित भएको छ । जनवरी र फेब्रुअरीमा हुन लागेका अर्जेन्टिनाका दुई खेलमा मेसीलाई समावेश नगरिने लगभग निश्चित भएको अर्जेन्टिनी फुटबलको आधिकारिक वेबसाइट मुन्डो अल्बिसेलेस्टेले जनाएको छ । कस्तान मेसीलाई क्रिसमसपछि कोरोना भाइरस संक्रमण भएको थियो । साथै, सँगै अर्जेन्टिना पनि विश्वकप फुटबलका लागि छनोट भइसकेको छ । स्वयम् मेसीले पनि अहिले क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि समय दिन चाहिरहेको फ्रेन्च सञ्चारमाध्यमहरूले बताइरहेका छन् । यसर्थ, प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले पनि मेसीलाई आराम दिन चाहेका बताएका छन् । यस्तै, मेसीसँगै युरोपेली क्लबबाट खेल्ने अधिकांश खेलाडीलाई पनि आराम दिइने बताइएको छ । प्रशिक्षक स्कालोनीले यसै हप्ताको अन्त्यमा चिली र कोलम्बियाविरुद्ध खेल्ने टोलीको घोषणा गर्दैछन् । जहाँ उनले युवा खेलाडीहरूलाई अवसर दिने बताइएको छ । युरोपेली क्लबबाट खेल्ने जिओभानी सिमोनी, नहुचाल मोलिना, नहुइन पेरेजलाई टोलीमा बोलाउने निश्चित भएको छ । साथै, योपटकको राष्ट्रिय टोलीमा अर्जेन्टिनी तथा दक्षिण अमेरिकी बेसका खेलाडी अधिकांश खेलाडीले मौका पाउने भएका छन् । अर्जेन्टिनाले जनवरीमा चिली र फेब्रुअरीमा कोलम्बियासँग विश्वकप छनोटका दुई खेल खेल्दैछ ।
प्रतिक्रिया