ह्युमन राइट्स वाचको ठहर– राज्यको असफलताले कोभिड महामारीमा कैयौं नेपालीको ज्यान गयो

काठमाडौं । विश्वभरको मानव अधिकारको अवस्था विश्लेषण गरिएको एक प्रतिवेदनले नेपालमा सरकारी असफलताले कोभिड–१९ महामारीको दोस्रो लहरमा कैयौंको ज्यान गएको तथ्य सार्वजनिक गरेको छ । सरकार तदारुक भएकामे भए त्यस्ता धेरै संक्रमितको ज्यान बच्ने प्रतिवेदनको दाबी छ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमत राइट्स वाचले बिहीबार सार्वजनिक गरेको मानव अधिकारको विश्वव्यापी अवस्थासम्बन्धी प्रतिवेदनमा नेपालको स्वास्थ्य सेवामा रहेको असमान पहुँचको अवस्था महामारीका बेला अझ उदांगिएको उल्लेख छ । ‘कोडि–१९ महामारीमा पूर्वतयारी गर्न र उच्च बिन्दुमा पुग्दा त्यसलाई सम्बोधन गर्न सरकार पूर्णतया असफल भयो । जसको परिणाम थुप्रै बिरामीको मृत्यु हुन पुग्यो, जसलाई रोक्न सकिन्थ्यो,’ प्रतिवेदनमा भनिएको छ । ह्युमत राइट्स वाचको ३२ औं वार्षिक प्रतिवेदनमा १०० भन्दा बढी देशको मानव अधिकारको अवस्था विश्लेषण गरिएको कान्तिपुर समाचारमा उल्लेख छ । २०७७ को वैशाख–जेठ मा देशको स्वास्थ्य प्रणाली नै ध्वस्त हुन सक्ने अवस्थामा पुगेको भनेर स्वास्थ्य अधिकारीहरूले गरेको व्याख्या उद्धृत गर्दै वाचले प्रतिवेदनमा लेखेको छ, ‘बिरामीहरू अक्सिजन सिलिन्डरको अभावमा मरिरहेका थिए । सरकार त्यस्तो महामारीको पूर्वतयारी गर्न असफल भएको थियो । खोप अभावले अवस्था अझ खराब भएको थियो । खोप खरिदमा अनियमितता भएका विवरण सार्वजनिक भए । भ्रष्टाचारले गर्दा खोप खरिद प्रक्रिया अझ ढिला हुन पुग्यो ।’
प्रतिक्रिया