राष्ट्रपति कार्यालयअगाडि गाँजाखेती गरेपछि…

सरकारले देशका कुनै पनि भागमा गाँजाखेती गर्न प्रतिबन्ध लगाएको अवस्थामा दूरदराजमा राज्यलाई छलेर त्यस्तो खेती हुने गरेका छन् । तर राष्ट्र प्रमुख कै सम्मुखमा प्रतिबन्ध लगाएको गतिविधि गर्न कमैले हिम्मत गर्छन् । गलत काममा यस्तै हिम्मत जुटाउँदा दक्षिण अफ्रिकाका एक व्यक्ति र उनका सहयाेगी प्रहरीकाे निशानामा परेका छन् । दक्षिण अफ्रिकाको प्रिटोरियास्थित राष्ट्रपति कार्यालय नजिकै बारीमा गाँजाखेती गर्दा किङ खोइसान नामका व्यक्ति प्रहरी खोरमा पुगेका हुन् । गाँजाखेती स्थल प्रवेश गरेको प्रहरीले सुरुमा उनलाई सँगै जान भनेका थिए । तर उनले आनाकानी गरे । त्यसपछि प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिने प्रयास गरेको थियो । जस क्रममा उनले गाँजाको बुट्यानको साहरा लिए । गाँजाको बोट उखेलियो तर उनी दपेनन् । प्रहरीले सडकमा पुर्याएर घिसार्दासमेत उनले गाँजाको बोट समातिराखे । उनलाई घिसार्दै गरिएको तस्बिर अहिले चर्चामा छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका राष्ट्रपति कार्यालयअगाडि आदिवासी खोइसान समुदायले सामूहिक ढंगले यस्तो खेती गरेका थिए । उनीहरू तीन वर्षदेखि त्यहाँ शिविर खोलेर बसेको बताइन्छ । खोइसान त्यही समूहका नाइके हुन् । खोइसान दक्षिण अफ्रिकाको आदिवासी समुदाय हो । दक्षिण अफ्रिकाका सञ्चार माध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार, गाँजाखेतीमा संलग्नको आरोपमा उनका केही सहकर्मीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया