NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको अध्यक्षमा थापा

काठमाडौं । आप्रवासनको क्षेत्रमा कार्यरत २८ वटा गैरसरकारी संस्थाहरूको छाता संगठन सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको अध्यक्षमा  अध्यक्षमा हरिबहादुर थापा चयन भएका छन् । सञ्जालको १४ औं वार्षिक साधारणसभाले वैदेशिक रोजगार पत्रकार समाजका निवर्तमान अध्यक्षसमेत रहेका थापाको अध्यक्षतामा सर्वसम्मतिले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा चिरन्जीवी बराल (नेपाल विकास अध्ययन संस्थान–निडस), महासचिवमा कृष्ण प्रसाद न्यौपाने (पिपुल फोरम), कोषाध्यक्षमा चाँदनी राना (एबिसी नेपाल), तथा सदस्यहरुमा पविता अधिकारी (महिला, कानून तथा विकास मञ्च), सविता पोखरेल (ओरेक नेपाल), उमा तामाङ (माइती नेपाल), प्रकाश मडै ( निडस नेपाल) र निर्मल उप्रेती  (एफएनबि नेपाल) चयन भएका छन । २०६५ सालमा स्थापित यस सञ्जालले आप्रवासनलाई सुरक्षित मर्यादित एवं व्यस्थित बनाउने र आप्रवासी श्रमिकहरूको अधिकारलाई स्थापित गर्न स्थापना कालदेखि निरन्तर रुपमा पैरवी गर्ने, सञ्जालीकरण गर्ने तथा सरोकारवाला निकायहररूसँग समन्वय एवं सहकार्य गर्दै आइरहेको छ ।  

ताजा अपडेट

नेपालवाच विशेष