निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरु, एमालेसहित प्रमुख दलका प्रतिनिधि सहभागी

काठमाडौं । आगामी बैशाखमा हुने स्थानीइ तहको निर्वाचनका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा केही बेरअघिबाट बैठक सुरु भएको हो । बैठकमा विभिन्न राजनीतिक दलका नेताहरू प्रतिनिधित्व गर्दै पुगेका छन् । एमालेका तर्फबाट भने नेताहरू विष्णु पौडेल, निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् । यस्तै, कांग्रेसबाट रमेश लेखक, माओवादी केन्द्रबाट लीलामढिा पोखरेललगायतका नेताहरू बैठकमा सहभागी हुने कान्तिपथ पुगेका छन् । अन्य दलका नेताहरू भने आउन बाँकी रहेको छ । नेपाल मजदुर किसान पार्टीको प्रतिनिध्व गर्दै प्रेम सुवाल, नेपाली जनता दलबाट हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत आयोग पुगेका छन् । आजको बैठकमा स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल हुनेछ । साथै कोरोना महामारीको अवस्थामा राष्ट्रियसभा निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषय पनि आजको बैठकमा छलफल हुनेछ ।
प्रतिक्रिया