कोरोनाको तेस्रो लहरले भेटेका नेतामा प्रचण्ड-माधवसँगै को–को ?

काठमाडौं । पछिल्लो दुई हप्तायता नेपालमा लगातार कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । कोरोनाको तेस्रो लहर ओमिक्रोन आएसँगै यसको संक्रमण शीर्ष नेताहरूमा पनि देखिएको छ । दुई साताअघि नेकपा (माओवादी)को महाधिवेशन सम्पन्न भएयता शीर्ष नेताहरूलाई कोरोनाले भेटेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई गत शनिबार कोरोना संक्रमण भएको थियो । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पोडेललगायतका माओवादी केन्द्रका थुप्रै नेता–कार्यकर्तालाई कोरोना संक्रमण पुष्टि भयो । यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि गत बुधबार संक्रमण पुष्टि भयो । नेता नेपाल र प्रचण्ड गत शुक्रबार मात्रै सत्ता–गठबनधनको बैठकमा सँगै थिए । यसैगरी, आजैमात्र नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सम्बन्धित समाचार एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण
प्रतिक्रिया