सहकारीहरू आफ्ना सदस्यहरूप्रति उत्तरदायी बन्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरू आफ्ना सदस्यहरूप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिएकी छिन् । काठमाडौंमा आज आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा, एकाई प्रतिनिधिहरूको सभामा मन्त्री श्रेष्ठले समुदायतर्फ सदैव जिम्मेवार बनेर आम मानिसको भरोसा बढाउनु सहकारीको दायित्व भएको बताइन् । मन्त्री श्रेष्ठले सहकार्यको भावनामा सञ्चालन हुने निकाय सहकारीमा सबैभन्दा बढी ब्याज रहेको भन्ने व्यापक रुपमा जनगुनासो आइरहेकाले यसलाई तत्काल निकास दिन आवश्यक रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘सहकारीको सिद्धान्त, उद्देश्य, र मर्मअनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारी प्रति बचतकर्ताको विश्वासमा कमी आएको देखिएको छ, सहकारी क्षेत्रमा देखिएका चुनौती र जोखिमलाई न्यूनीकरण गर्दै यस क्षेत्रप्रति आम नागरिकको विश्वास र भरोसा बढाउँदै लगानी गर्न आकर्षित गर्नु सबैको दायित्व हो ।’
प्रतिक्रिया