NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

भारतसँग सम्बन्ध सुधार्ने पाकिस्तानको संकेत : काश्मीरबारे दीर्घकालीन समाधानको बाटो खोज्ने

काठमाडौं । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि भारत र पाकिस्तान टुक्रिए । त्यसयता यी दुईको देशको सम्बन्ध उतारचढाबपूर्ण छ । ७४ वर्षमा यी दुई देशको सम्बन्ध राम्रो छैन, बरु तनावपूर्ण छ ।   यसैबीच, भारत र पाकिस्तान सम्बन्ध केही सुध्रिने संकेत देखिएको छ । भारतलगायत अन्य छिमेकी मुलुकसँग शान्तिपूर्ण सम्बन्धको बाटो अँगाल्ने नीति पाकिस्तानले लिएसँगै दुई देशको सम्बन्ध सुधारको संकेत देखिएको हो । पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तानले आज नयाँ राष्ट्रिय सुरक्षा नीति घोषणा गर्दैछ । जसमा विदेश नीतिमा भारतलगायतका छिमेकी मुलुकसँग शान्तिपूर्ण सम्बन्धको बाटो लिने उल्लेख गरेको हो । करिब एक सय पेजको राष्ट्रिय सुरक्षा नीतिले लामो समयदेखिको विवादित भूमि काश्मीरका बारेमा पनि दीर्घकालीन समाधानको बाटो खोज्ने पाकिस्तानी सञ्चारमाध्यम द एक्सप्रेस ट्रिब्युनले छापेको समाचारमा उल्लेख छ । मंगलबार मात्रै पाकिस्तानी अधिकारीहरूले नयाँ सुरक्षा नीतिका बारेमा पत्रकारहरूलाई जानकारी दिएका थिए ।  मुलुकको नयाँ सुरक्षा नीति राष्ट्रिय सुरक्षा समिति र मन्त्रिपरिषद्बाट अनुमोदित भइसकेको छ । जसलाई आज प्रधानमन्त्री इमरान खानले सार्वजनिक गर्ने कार्यक्रम छ ।  यस्ता छन् प्रमुख तीन बुँदा : – आगामी सय वर्षसम्म भारतसँग दुस्मनी चाहँदैनौँ । नयाँ नीतिले भारत र अन्य छिमेकीसँग शान्तिपूर्ण सम्बन्धको बाटो खोज्छौं । – त्यस्तै, भारतसँग वार्ता भएमा दुई देशबीचको व्यापारिक सम्बन्ध पनि सामान्य रूपमा सञ्चालन हुने आशा छ । – तर, नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारकै पालामा भने भारतसँग मेलमिलाप सम्भव नरहेको सुरक्षा नीतिमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष