NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

अस्ट्रेलियन राजदूतले भेटे गृहमन्त्री

काठमाडौं । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले गृहमन्त्री बालकृष्ण खाणसँग आज भेट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाणले नेपालको विकासमा अस्ट्रेलियाले  गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए ।   नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन पनि उनले आग्रह गरेका थिए । मन्त्री खाणले पढाइका अलावा नेपाली विद्यार्थीले हप्तामा २० घण्टा काम गर्न पाउने गरेकामा त्यो समय बढाउन पनि आग्रह गरेका थिए ।  राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्दो  सहयोग गर्न सदैव तयार रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने पनि आश्वासन पनि दिएका थिए ।   

ताजा अपडेट

नेपालवाच विशेष