NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

पर्यटन पुर्नरुत्थानका लागि दातृ निकायसँग बोर्डको छलफल

काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ परिस्थतिमा दिगो पर्यटनका नयाँ रणनीतिकासाथ काम गर्ने विषयमा दातृ निकाय एवं कूटनीतिक नियोगसँग छलफल गरेको छ ।  बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएआरपी)अन्र्तगत देशभर भएका कामबारे जानकारी दिँदै नेपाल पर्यटन पुर्नरुत्थानको रणनीति २०२१ बारे दातृ निकाय एवं कुटनीतिक नियोगसँगसँग छलफल आयोजना गरेको हो । कार्यक्रममा बोर्डले तयार पारेको नेपाल पर्यटन पुर्नकरुत्थानको रणनीति २०२१, पर्यटकीय सवारी सञ्चालन मार्गनिर्देशन, र फुड एण्ड वेभरेज सर्भिस स्टान्डर्डका बारेमा जानकारी गराइएको थियो । शुक्रबार काठमाण्डौंमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय परियोजना निर्देशक डा. धनन्जय रेग्मीले कोभिड १९ को संक्रमण र यसले पारेको प्रभावका बीच पनि बोर्डले विभिन्न रचनात्मक कामहरु गरेको जानकारी दिए । साथै, पछिल्लो परस्थितिमा पनि नयाँ रणनीतिका साथ काम गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘कोभिड १९ का कारण विगतको समय हामी सबैका लागि कठिन नै रह्यो । तर पनि हामीले केही रचनात्मक कामहरू ग¥यौं,’ डा. रेग्मीले भने, ‘जसमा पर्यटक खोज तथा उद्धार, आन्तरिक पर्यटन प्रवद्र्धनमा सामाजिक जागरणका कार्य,टाभल प्रोटोकल अपडेट जस्ता कार्य निरन्तर ग¥यौं जसको कारण बोर्डले बेलायतमा वन्डरलस्ट अर्वाड प्राप्त ग¥यो ।’ कोभिडको नयाँ भेरियन्टले गर्दा तत्काल परिस्थिति सहज बन्ने अवस्था नहुँदा यो क्षेत्रलाई बचाइराख्न केही न कही गर्नुपर्ने अवस्था रहेकोमा उनले जोड दिए ।  त्यसका लागि नयाँ साझेदार आवश्यक रहकाले सहकार्यका लागि उनले दातृ निकायलाई गुहारेका छन् । उनले एसटिएआरपी परियोजनाबाट करिब ६ हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी सिर्जनासँगै ,१९ वटा हाइकिङ रुट, १५ किलोमिटर साइकलमार्ग, ७५ किलोमिटर पदमार्गको पुननिर्माण र ५७ किलोमिटर नयाँ विकास, छ वटा  पर्यटकीय सेल्टर, सातवटा काठे  पुल निर्माण तथा ११ वटाको मर्मत सम्हार गरिएको जानकारी दिए ।  परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा पूर्वको कञ्चनजंघादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी–जनकपुरदेखि हिमालमा हुम्ला, डोल्पा र सोलुखुम्बुको करिब पाँच हजार मिटर उचाइसम्म काम गरेको थियो ।   कार्यक्रममा राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय  प्रतिनिधि आइसोनी लावेले नेपाल पर्यटन बोर्डको शुरुवाती चरणदेखि नै युएनडिपीले बोर्डसँग काम गरेको स्मरण गर्दै कठिन समयका बाबजुद बोर्डले एसटिएलआरपी परियोजनाअन्तर्गत गरेका कामहरू महत्वपूर्ण रहेको बताए ।  ‘कठिन समयमा कुनै पनि काम गर्न गाह्रो छ, त्यसमा पनि कोभिडले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटनमा यस प्रकारका कार्यहरू झनै आवश्यक थियो,’ उनले भने, ‘त्यसैले हामीले बोर्डसँग मिलेर यो काम ग¥यौं ।  परियोजनाले जुन लक्ष्य लिएको थियो त्यो हासिल गर्नु नै परियोजनाको उपलब्धि हो ।’  यस्तै, उनले पर्यटन क्षेत्रकै विकासका लागि युएनडिपीले गण्डकी र सुदूरपश्चिम प्रदेशसँग पनि सहकार्य गरी काम अगाडी बढाइएको जानकारी दिए ।    

ताजा अपडेट

नेपालवाच विशेष