NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

नवप्रवेशी सातदोबाटोसँग मनाङ स्तब्ध (अंक तालिकासहित)

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब तुलनात्मक कमजोर मानिएको सातदोबाटो युथ क्लबसँग स्तब्ध भएको छ । आज भएको खेलमा मनाङ नवप्रवेशी सातदोबाटासँग २–१ गोल अन्तरको स्तब्धपूर्ण नतिजा ब्यहोर्न बाध्य भयो ।  सातदोबाटोको जितमा दुवै विदेशी खेलाडीले गोल गरे । जसमा उन मार्टिन एडिल्फे सिलो नाङ्गा र मार्टिन्स अजयीले एक–एक गोल गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा मनाङका तर्फबाट पनि विदेशी खेलाडी आफिज ओलावाले ओलादिपोले एक गोल फर्काए । नवप्रवेशी सातदोबाटोले कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङलाई पहिलोपल्ट हराएको हो । पहिलो भेटमै सातदोबाटोले मनाङलाई हराउन सफल भयो । यस जितसँगै सातदोबाटो लिगको छैटौं स्थानमा उक्लिएको छ । सातदोबाटोले ९ खेलमा १२ अंक जोडेको छ । दोस्रो स्थानमा यथावत रहेको मनाङले ९ खेलमा १९ अंक जोडेको छ । सातदोबाटोसँगको हारसँगै मनाङको उपाधि होड समेत कमजोर बनेको छ । खेलको म्यान अफ दि म्याच सातदोबाटोका प्रशान्त अवस्थी तथा इमर्जिङ प्लेयर सोही क्लबकै नीरज चौधरी चुनिए ।

ताजा अपडेट

नेपालवाच विशेष