मदिरा सेवन गरेका प्रहरीले ७० बर्षका बृद्धलाई निर्घात पिटे, पीडित अस्पताल भर्ना

गणेश बिक (काठमाडौं) । बझाङमा शक्तिको आडमा प्रहरी हवल्दारले एकजना बृद्धलाई कुटेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी हवल्दार हर्जित लुहारले मष्टा गाउँपालिका – ४ का ७० बर्षका जोगिरीबहादुर कठायतलाई निर्घात कुटपिट गरेका हुन् । कठायतलाई प्रहरी हवल्दार लुहारले बझाङ जिल्लाको सदरमुकाम चैनपुर बजारमा कुटपिट गरेका हुन् । स्थानीयका अनुसार प्रहरी हवल्दार रक्सीले मातेका थिए । कुटपिटपछि बेहोस भएका कठायतलाई जिल्ला अस्पताल, सिमखेतमा भर्ना गरिएको छ । उक्त घटनापछि प्रहरी हबल्दार लुहारलाई नियन्त्रणमा लिइएको बझाङका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । उनका अनुसार घटनाको छानबिन भइरहेको छ ।
प्रतिक्रिया