शरीरको हड्डी कपाउँने जाडोमा याेगमा लीन छन्, साधु–सन्यासी

काठमाडौं । हिउँको कम्बलले ढाकिएको गंगोत्री घाटीमा केही दिनयता २५ भन्दा अधिक साधु सन्यासी प्राण साधनामा लीन छन् । कोही ध्यानमग्न छन्, त कोही योगमा व्यस्त । कोही मौन साधना गरिरहेका छन्, कोही हठ योग । चारैतर्फ हिउँको च्यादरले ढाकिएको छ । जहाँ शरीर मात्र होइन, हड्डी नै कपाउँने जाडो छ । यस्तो जाडोमा सन्यासीको साधना अनरवत जारी छ । यस्तै एक साधु समुद्री सतहबाट ४६०० मिटरको उचाईमा रहेको तपोवनमा साधना गरिरहेका छन् । हिमालयको कन्दरामा साधुको कठिन तपसँग जोडिएका कैयौं रहस्य छन् । यस क्षेत्रमा अहिले पनि प्राचीन गुफाहरू छन् । जहाँ ऋषिमुनिले घोर तप गरेका थिए । १९८० देखि १९९० बीचमा यहाँ अनेक साधकले साधना गरेका थिए । यद्यपी कालान्तरमा यस्ता साधकको संख्या घट्दै गयो । सन् २०१९–२०२० र २०२०–२०२१ को शीतकालमा कुनै पनि साधु तपोवन क्षेत्रमा साधना गर्नका लागि रोकिएनन् । तर, यस शीतकालमा गोमुखदेखि पाँच किलोमिटरको दूरीमा रहेको तपोवनमा नागरदास मौनी बाबा साधनामा लीन छन् । यसका साथै २५ साधु गंगोत्रीदेखि जोडिएको इलाकामा साधना गरिरहेका छन् । यीमध्ये कुनै साधु त गत एक दशकदेखि नै गंगोत्री क्षेत्रमा रहँदै आएका छन् । तपोवनको कुरा गर्दा सन् २०१८ मा पहिलो शीतकालमा यहाँ तीन जना साधु साधना गर्ने गर्दथे । उनीहरूले चट्टानको आडमा आफ्नो कुटी बनाएका थिए । तर, यसपटक एउटा मात्र साधुको कुटी छ । जसलाई गंगोत्री नेशनल पार्कको कर्मी र पर्यटनसँग जोडिएका व्यक्ति मौनी बाबाको नामले चिनिन्छ । गंगोत्री नेशनल पार्कका उपनिर्देशक आरएन पाण्डेयका अनुसार मौनी बाबा तपोवनमा जीवनयापनका लागि आवश्यक सामग्री जुटाएर राखेका छन् । यसबाहेक गंगोत्रीभन्दा पाँच किलोमिटर दूरीमा रहेको गोमुख र कनखुमा प्रसिद्ध साधु रामकृष्णदास पनि तपस्यामा लीन छन् । गंगोत्री धाम नजिकै रहेका पाण्डव गुफा, फौजी गुफा, नन्देश्वर गुफा, राजा रामदास गुफा, अन्जनी गुफा, वेदान्ता गुफा, शिव चेतना गुफामा पनि साधु साधनारत छन् । यी क्षेत्रको तापक्रम अधिकतम तापमानभन्दा पनि माइनसमा रहेको छ । पानीको जोडजाम पनि हिउँ पग्लाएर गरिन्छ । गंगोत्री हिमालयमा रहेको शिवलिंग चुचुरोको बेस क्याम्प तपोवन पहिलेदेखि नै साधनका लागि विशेष रहँदै आएको छ । सन् १९३० देखि १९५० सम्म तपोवनमा लामो समयसम्म एक साधुले तपस्या गरेका थिए । उनी पछि गएर तपोवन महाराजका नामबाट प्रशिद्ध भए । यतिमात्र होइन, योग गुरु बाबा रामदेवले पनि १९९२ देखि १९९४ सम्म गंगोत्रीको कन्दरामा साधना गरेर आध्यात्मिक ज्ञान लिएका थिए । यसका साथै तपोवनी माता, स्वामी सुन्दरानन्द, लाला बाबा, राम बाबासहित कैयौं प्रशिद्ध साधुले यस क्षेत्रमा साधना गरेका छन् ।
प्रतिक्रिया