नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमन वरिष्ठ क्याप्टेन दीपुराज ज्वारचन नियुक्त भएका छन् ।
सरकारले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेसँगै रिक्त रहेकेो कार्यकारी पदमा ज्वारचनलाई असार ६ गतेको मन्त्रिपरिषद्को निर्णयले अस्थायी नियुक्ति दिलाएको हो ।
ज्वारचनले हालै एयरबस ३२० को प्रशिक्षक पाइलटको जिम्मेवारी पाएका थिए । एक दशक भन्दा बढी समय निगममा गुजारिसकेका ज्वारचन हालैमात्रै अपरेशन निर्देशकको जिम्मेवारीबाट बाहिरिएका थिए ।
यसअघि उनले करिब दुई वर्ष अपरेशन निर्देशकको रूपमा काम गरिसकेका छन् । ज्वारचनको सपरिवार नै निगममा आबद्ध छन् । उनका बुबा यामप्रसाद ज्वार्चन निगमका क्याप्टेन हुन् भने आमा सुमिली ज्वार्चन वरिष्ठ उडान पर्यवेक्षक हुन् ।
ताजा अपडेट
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
स्वास्थ्य मन्त्रालयद्वारा बेडसंख्याअनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल गर्ने निर्णय
-
१ सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
प्रतिनिधिसभा बैठक बस्दै
-
यी हुन् औद्योगिक क्षेत्रको करोडौं भाडा नतिर्ने उद्योगहरू


प्रतिक्रिया