ज्वारचनले गरे पदभार ग्रहण
काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक पदमा वरिष्ठ क्याप्टेन दीपुराज ज्वारचनले पदभार ग्रहण गरेका छन् ।
उनलाई असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले अस्थायी महाप्रबन्धकको रूपमा नियुक्त गरेको थियो ।
पदभार ग्रहणका क्रममा उनले सबैबाट सहयोग पाउने अपेक्षा गरेका छन् । त्यस्तै निगमको समग्र सुधारका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना र त्यसको लागि रणनीति तथा कार्ययोजना बनाउने बताए ।
एयरबस ३२० को प्रशिक्षक पाइलटसमेत रहेका ज्वारचनले यसअघि निगममा अपरेशन निर्देशकको भूमिका पनि निभाइसकेका छन् ।
ताजा अपडेट
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
स्वास्थ्य मन्त्रालयद्वारा बेडसंख्याअनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल गर्ने निर्णय
-
१ सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
प्रतिनिधिसभा बैठक बस्दै
-
यी हुन् औद्योगिक क्षेत्रको करोडौं भाडा नतिर्ने उद्योगहरू


प्रतिक्रिया