मतगणना नसकिँदै काभ्रे–२ बाट बाँस्कोटा विजयी

काठमाडौं । काभ्रे क्षेत्र नं. २ बाट एमालेका उम्मेदवार रहेका गोकुल बाँस्कोटाको जित सुनिश्चित भएको छ ।
काभ्रे २ मा अब करिब ४५०० मतगणना हुन बाँकी छ । जसमा बाँस्कोटाले गणना हुन बाँकीभन्दा बढी मतको अग्रता लिइसकेका छन् ।
प्राप्त पछिल्लो मत परिणाममा बाँस्कोटाले ४४ हजार १४ मत हासिल गर्दा शिव हुमागाईंले ३८ हजार ४०२ प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ हजार ७५१ मत बटुलेको छ ।
बाँस्कोटा ०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काभ्रेको यही क्षेत्रबाट निर्वाचित भएका थिए । ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका बाँस्कोटा ७० करोड घुस बार्गेनिङ काण्डको अडियो सार्वजनिक भएपछि नैतिकताका आधारमा राजीनामा दिएर बहिर्गमन रोजेका थिए ।
प्रतिक्रिया