राजीव विक्रम शाहले चुनावी खर्च बुझाए

काठमाडौं । नेपाली काँग्रेसका जाजरकोट प्रदेश सभा ख मा विजयी उम्मेदवार राजीव विक्रम शाहले चुनावी खर्च विवरण बुझाएका छन् । चुनावमा १४ लाख रुपैँया खर्च भएको भन्दै आइतबार दिउँसो निर्वाचन कार्यालय जाजरकोट लगेर चुनावी खर्च बुझाएका हुन । उनि सँगै कर्णाली प्रदेश सभामा समानुपातिक तर्फबाट उम्मेदवार भएका काँग्रेसकै गणेश बस्नेतले पनि चुनावमा ४२ हजार रुपैयाँ खर्च भएको भन्दै विवरण बुझाएका हुन् ।
निर्वाचन आयोगका अनुसार चुनाव सम्पन्न भएको एक महिनाभित्र खर्च विवरण कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।
पछिल्लो पटक निर्वाचन आयोगले पालिका चुनाव तोकिएको मितिभित्र चुनावी खर्च विवरण नबुझाउनेहरुको सूची सार्वजनिक गरी वडा सदस्यदेखि मेयरसम्मका लागि निश्चित रकम जरिबाना तोकेको थियो । क्षेत्र नम्बर ख मा राजीव बिक्रम शाहले नेकपा एमालेका उम्मेदवार खिम बहादुर शाहीलाई हराउँदै विजयी भएका हुन ।
प्रतिक्रिया