यसरी ल्याइयो भारतबाट कोरोना खोप [फोटो फिचर]

काठमाडौं । भारत सरकारले दिएको कोरोना भाइरस (कोभिड–१९)को खोप नेपाल आइपुगेको छ । बुधबार मात्रै भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । सोही खोप बिहीबार काठमाडौं ल्याइएको हो । एयर इण्डियाको विमानमार्फत् कोभिडको खोप नेपाल ल्याइएको हो । भारतले अनुदानमा नेपाललाई दिन लागेको १० लाख डोज खाेप बारेकाे जानकारी बुधबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले पत्रकार सम्मेलनमार्फत् गराएका हुन् । भारतले बेलायती औषधी निर्माता कम्पनीसँग मिलेर विकास गरेको खोप नेपाललाई अनुदानमा दिएकाे हाे । सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोरोनाविरुद्धको कोभिसिल्ड खोप विकास गरेको हो । सोही खोप नेपाललाई उपलब्ध गराइन लागेको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाम राखेर उत्पादन गरेको छ । भारतबाट अनुदानमा ल्याइएकाे खाेप कोभिडविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक तथा सफाई कर्मचारी लगायतलाई लगाइनेछ ।
ताजा अपडेट
-
सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ : मुख्य सचेतक बर्तौला
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
प्रतिक्रिया