NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

बुटवलमा आज ओली समूहको शक्ति प्रदर्शन, प्रधानमन्त्री जाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज रूपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गर्ने भएको छ । शक्ति प्रदर्शनपछि तय गरिएको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाँदैछन् । संसद् विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न हुनुको कारण र भावी योजनाबारे प्रष्ट पार्न लुम्बिनी प्रदेशको बुटवलमा सभा गर्न लागिएको नेकपाले जनाएको छ । सभा बुटवलको सिद्धेश्वर माध्यमिक विद्यालयमा तय भएको छ । सभामा झण्डै २ लाख मानिस उतार्ने दाबी नेकपाको छ । रूपन्देहीबाट मात्रै १ लाख र बाँकी आसपासका जिल्लाबाट जुटाउने ओली पक्षको तयारी छ । सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओलीपक्षीय नेता शंकर पोखरेललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । ५ पुस ०७७ को प्रतिनिधिसभा विघटनसँगै नेकपामा विभाजन आएपछि यसका दुवै घटक आफूलाई सशक्त देखाउन शक्ति प्रर्दशनको होडमा छन् । दुवै पक्षले विभाजनयता काठमाडौंलगायत स्थानमा सभा, जुलुस गरिरहेका छन् ।